Logo

सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति छ : अध्यक्ष लिङदेन



काठमाडौं, २६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति आएको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति आएको दाबी गरेका हुन्।

अहिले निजी क्षेत्र निराश भएको लगानीको वातावरण र लगानी गर्ने पुँजीको अभाव छ हुँदा उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेको उनले बताए। भने, ‘यो विषयमा सरकार गम्भीर हुनुपर्‍यो। लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्‍यो। उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु।’

उनले भने, ‘सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ। हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा छौं। कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन।’



प्रतिक्रिया दिनुहोस्