काठमाडौं, २६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेको प्रहरीले जनाएको छ।
केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको प्रहरीको आरोप रहेको छ।
योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।