Logo

टोपबहादुरले अनुसन्धानलाई सघाउनुपर्ने एमालेको निर्णय



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टी सचिव टोपबहादुर रायमाझीले सघाउनुपर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सचिव रायमाझीले सो प्रकरणको अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको हो।

कारबाहीका लागि रायमाझी हाललाई दोषी प्रमाणीत नभएको हुँदा हतार नगर्ने निर्णय गरेको बैठकमा उपस्थित एक जना सचिवालय सदस्यले बताए।



प्रतिक्रिया दिनुहोस्