Logo

आफ्नै नेता पक्राउ परेपछि सांसद्‍ पौडेल भन्छन् : दोषी सबैलाई कानूनी कठघरामा ल्याइयोस्



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसकै अर्का नेता प्रदीप पौडेलले दोषी सबैलाई कानूनी कठघरामा ल्याउनुपर्ने माग गरेका छन्।

बुधबार फेसबुकमा स्टाट्स लेख्दै नेता पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै नेता खाँणलाई आज प्रहरीले पक्राउ गरेपछि दोषी सबैलाई कानूनी कठघरामा ल्याउनुपर्ने माग गरेका हुन्।

उनले लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्णरूपमा सहयोग गर्नुपर्छ। कोही कसैले वा कहीँकतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन। प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्। को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस्। अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस्। अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस्। जय नेपाल !’



प्रतिक्रिया दिनुहोस्