काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष गर्न माग गरेका हुन्।
सो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्ने बताउँदै महामन्त्री थापाले बजारको हल्ला, कुनै भेटघाट र कुनै दबावले प्रभावित नहोस् भन्दै आग्रह गरेका छन्।
सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताउँदै उनले भने, ‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस्। एउटा पनि नछुटोस्। यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईंको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ।’