Logo

टोपबहादुर ज्यू तपाईं यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस् : एमाले



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले)का उपमहाचिव पृथ्वीसुब्बा गुरुङले पार्टी सचिव टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभामा बोल्दै उपमहाचिव गुरुङले पार्टी सचिव रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्न आग्रह गरेका हुन्।

उनले भने, ‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानूनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ। यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्।’



प्रतिक्रिया दिनुहोस्