Logo

नेताहरु कति भ्रष्ट, कतिसम्म तल गिरिसके मानव तस्करी गर्ने काममा समेत अगुवाइ गरे : अध्यक्ष नेपाल



काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेताहरु धेरै भ्रष्ट भएको र मानव तस्करी गर्ने काममा समेत अगुवाइ गरेको बताएका छन्।

निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेताहरु धेरै भ्रष्ट भएको र मानव तस्करी गर्ने काममा समेत अगुवाइ गरेको बताएका हुन्।

उनले भने, ‘एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डका फाइलहरू खुल्न थालेका छन्। यो सबैले हामीलाई अत्यन्तै दुखित पनि बनाउँछ नेताहरू कति भ्रष्ट भएका रहेछन्। हाम्रो देशको राजनीति कतिसम्म तल गिरिसकेको रहेछ। मानव तस्करी गर्ने काममा नै नेताहरूले अगुवाइ गरेका रहेछन्।’



प्रतिक्रिया दिनुहोस्