Logo

‘फेक अडियो’ बनाएको भन्दै छानबिन गर्न आरजुले साइबर ब्यूरोमा दिइन् उजुरी



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसकी नेतृ तथा सांसद् डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियो बनाएको भन्दै उजुरी दिएकी छिन्।

उनले बुधबार फेक अडियोमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन्।

साइबार ब्युरो भोटाहिटीमा केही सञ्चार माध्याम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्धेश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन उनले माग गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस्