Logo

भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू छानबिनमा तानिनु स्वागतयोग्य : पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौं, २७ बैशाख । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू छानबिनमा तानिनु स्वागतयोग्य भएको टिप्पणी गरेका छन्।

बुधबार टि्‍वट गर्दै भट्टराईले सो प्रकरणमा ठूला माछाहरू छानबिनमा तानिनु स्वागतयोग्य भएको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘भ्रष्टाचारको क्यान्सरले सपूर्ण राज्यसंयन्त्र र उच्च नेतृत्वलाई गाँजीरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरूसमेतलाई छानबिनमा तान्नु स्वागतयोग्य छ।अब कुनै पनि बहानामा यसलाई फासफूस पार्ने काम नहोस्! साथै आशंका गरिएका सबै ठूला भ्रष्टाचारकाण्डको निष्पक्ष छानवीन र कार्वाही होस्।’



प्रतिक्रिया दिनुहोस्