Logo

टोपबहादुरका मान्छेले मलाई के गर्ने भनेर फोन गरे, मैले प्रहरीमा हाजिर हुन भने : ओली



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित पार्टी सचिव तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी निकटका व्यक्तिले फोन गरेको बताएका छन्।

बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रायमाझी निकटका व्यक्तिले फोन गरेको र आफूले प्रहरीकोमा हाजिर हुन बताएका थिए।

उनले भने, ‘मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए- के गर्ने भनेर। मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन।’

उनले आरोप लाग्दैमा कोही दोषी नहुने तर पक्राउ पुर्जी जारी नै भइसकेपछि कानूनी प्रक्रियालाई सहयोग गर्नुपर्ने भन्दै रायमाझीलाई सचिवबाट निलम्बन गरेको बताए।



प्रतिक्रिया दिनुहोस्