Logo

रवि लामिछानेले गरे पार्टीको झण्डा र नारा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान



काठमाडौं,२९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् ।

भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

राम्रो काम जसले गरेपनि सघाउनु पर्ने धारणा राख्दै लामिछानेले देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुन आग्रह गरेका छन् ।

‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु’, शनिबार आयोजित भ्रष्टाचारविरोधी अभियानको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन्, ‘राम्रो काम जसले गरेपनि सघाउनुपर्छ । देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनुहोला।’ file photo

 



प्रतिक्रिया दिनुहोस्