Logo

मोरङको राठी इन्डस्ट्रिजमा भीषण आगलागी,नियन्त्रणको प्रयास जारी



काठमाडौं,२९ वैशाख । मोरङको बूढीगंगास्थित राठी इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ। । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ ।

शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्