Logo

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु



काठमाडौं,२९ वैशाख । नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । शुक्रवारको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत पाँचवटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् ।

जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गर्दैछन् ।

प्रस्तुत रिपोर्टमाथि समूह विभाजन गरी शुक्रवारै छलफल हुने एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्