काठमाडौं, २९ बैशाख । विश्व हिन्दू महासंघ राष्ट्रिय समितिको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष पदको जिम्मेवारी शिरोमणि कुमार ओझालाई प्रदान गरिएको छ।
पूर्वमन्त्री तथा अध्यक्ष डा रामचन्द्र अधिकारीले सो जिम्मेवारी प्रदान गरेका हुन्। शुक्रबार नबलपरासी सुनवल नगरपालिकामा हिन्दू सेन्टर स्थापनार्थ भूमि पुजन तथा प्रमाणपत्र र सपथ ग्रहण कार्यक्रम रहेको थियो।
ओझा विश्व हिन्दू युवा संघ प्रवक्ताको जिम्मेवारीसमेत समालि सकेका युवा नेता हुन्। देशब्यापी सिमा अनुगमन तथा खबरदारी अभियानको नेतृत्वसमेत लिएका थिए।