Logo

नक्कली शरणार्थी प्रकरणमा कसैलाई बचाउन खोजिए आन्दोलनमा उत्रिने रविको चेतावनी



काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजिएमा आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

आज (शनिबार) भक्तपुरको सूर्यविनायक नगरपालिकामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले तीन दलका शीर्ष नेताहरु नै नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजिएमा आफूहरु आन्दोलनमा उत्रिने बताएका हुन् ।

आफूले हिजो (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा तीन ठूला दलले सामसुम पार्न खोजेमा रास्वपा चुप नलाग्ने बताएकोसमेत स्मरण गरे ।

‘मैले प्रधानमन्त्रीलाई भेटेर भ्रष्टाचार प्रकरणमा दह्रो खुट्टा टेक्न भनेको छ् । छानविन अघि बढाउन भनेको छु । शीर्ष नेताहरुले यसलाई मिलाउन खोजेको देखिँदै छ । यसो गरिएमा हामी आन्दोलन गर्न तयार छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्