Logo

भ्रष्टाचार विरूद्धको आन्दोलनमा रास्वपा अध्यक्ष लामिछाने (फोटोफिचर)



काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागिता जनाएका छन् । आज (शनिबार) काठमाडौंको माइतिघरमा सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भएर उनले एक्यैवद्धता जनाएका हुन् ।

प्रदर्शनमा सहभागी भएका लामिछानेले कुनै धारणा राख्न मानेनन् । आफू कुनै दलको तर्फबाट सहभागी नभएको उनले बताए । आफू स्वतस्फूर्त युवाहरुले सुरु गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा आएको उनको भनाई छ । उनी प्रदर्शन स्थलमा पुग्दा उनका समर्थकहरुले चर्को हुटिङ गरेका थिए ।

भ्रष्टाचार विरोधी अभियानको प्रदर्शनमा सहभागी भएका युवाहरुले  ‘भ्रष्ट तेरो पाराले, दुःख पाए साराले, भन्छौं हामी बारम्बार, भ्रष्टाचारी कारागार, सबै कुरा प्रष्ट छ, सिस्टम हाम्रो भ्रष्ट छ’ लगायतका नारा लगाएका थिए ।

सिन्धुलीमा पनि नक्कली भुटानी शरनार्थी बनाएर अमेरिका पठाउने गिरोह र तिनका संरक्षक विरुद्ध प्रदर्शन भएको छ । जिल्लाका अगुवा नागरिकहरुको उपस्थितिमा सिन्धुलीमाढीमा विहानदेखि प्रदर्शन भएको हो ।

त्यसैगरी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मनिग्राम चोकमा युवाहरुले युवाहरुले भ्रष्टाचारविरोधी प्रदर्शन गरेका हुन् । खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो ।

 



प्रतिक्रिया दिनुहोस्