Logo

प्रधानमन्त्रीलाई रविको सुझावः ‘शरणार्थी प्रकरणमा खुट्टा नकमाउनुस्’



काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । आज (शनिबार) भक्तपुरमा रास्वपा सूर्यविनायक नगर समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताएका हुन् ।

‘प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु । मैले उहाँलाई हौसला दिएर आएको छु । भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नूस्, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस् । दोषीमाथि कारबाही गर्नूस्, । हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौं,’– लामिछानेले भने ।

उनले सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भूटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको तथा वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताएका हुन् । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्