Logo

शरणार्थी प्रकरणमा देउवा, ओली र प्रचण्डको संलग्नता भएपनि छोड्न हुँदैनः डा. केसी



काठमाडौं, ३० वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गर्दै देशभरका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । काठमाडौंमा भएको प्रदर्शनमा स्वतन्त्र रुपमा युवा तथा नागरिक अगुवाहरु सहभागी भएका छन् ।

नागरिक समाजका अगुवा डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलका शीर्ष नेताहरुकै संलग्नताको आशंका प्रकट गरेका छन् । उनले उक्त कार्यमा शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत जोसुकैको संलग्नता रहेपनि त्यसै छोड्न नहुने बताए ।

ठूला नेता भ्रष्ट नभई तलका नेता भ्रष्ट नहुने उनको भनाई छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि मन्त्री भइसकेका नेताहरु फरार हुनुमा संलग्नतालाई थप पुष्टि गरेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्