Logo

आठ घण्टापछि हाइटेन्सन पोलबाट ओर्लिए दिनेश माझी



विराटनगर, ३० वैशाख । मोरङको बुढीगंगा गाउँपालिका दिनेश कुमार माझी आठ घण्टापछि विजुलको हाइटेन्सन पोलबाट ओलिएका छन् । बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले उनी गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर आएपछि ओर्लिएको बताए ।

‘उनी भर्खरै ओर्लिका छन् । गाउपालिका अध्यक्ष आएपछि उनी ओर्लिएका हुन् । गाउपालिका अध्यक्ष यहाँ आउन पर्ने उनको माग थियो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै वडा अध्यक्ष चौधरीले भने ।

वडा नं.७ डंग्राहाका ४० वर्षीय माझीले बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको गुणस्तर कमसल भएको विरोधमा आज विहानदेखि हाइटेन्सन पोलमा चढेका थिए ।

उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका थिए । गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिईरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्