Logo

नक्कली शरणार्थी प्रकरणः रविले दिए प्रहरीलाई फूल उपहार (फोटोफिचर)



काठमाडौं, ३० वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाई प्रोफाइकै संलग्नता देखिएपछि नागरिकहरु स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छन् । आज (शनिबार) भ्रष्टाचारविरुद्धको आन्दोलन काठमाडौं, रुपन्देही, सिन्धुली लगायतका जिल्लाहरुमा भएको थियो । सोही क्रममा काठमाडौंमा भएको आन्दोलनमा नागरिकको हैसियतामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए ।

आज काठमाडौंको माइतिघर र नक्सालमा प्रदर्शन भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरी अनुसन्धानमा दवाब र प्रभाव पर्न नदिन खबरदारी गरेका थिए ।
प्रदर्शनमा सहभागी भएका लामिछानेले अनुसन्धानमा कुट्टा नकमाउन आग्रह गर्दै प्रहरीलाई फूल उपहार दिएका थिए । साथै, प्रदर्शनमा सहभागी अन्यले पनि प्रहरीलाई धन्यवाद दिँदै फूल उपहार दिएका थिए । प्रदर्शनको उक्त फरक शैली रोचक देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्