Logo

माओवादी र जसपासँग मिलेर समाजवादी मोर्चा बनाउँछौंः माधव नेपाल



काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी र जनता समाजवादीसँग मिलेर समाजवादी मोर्चा निर्माणको तयारी भइरहेको बताएका छन् ।

आज (शनिबार) नेकपा (एस) को उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम शक्ति गोलबन्द हुनको विकल्प नभएको र त्यसै अनुसार गृहकार्य भइरहेको बताएका हुन् ।

‘वाम शक्तिहरुलाई हामी गोलबद्ध गर्न खोजिरहेका छौं । यसको पहिलो चरणमा हामी माओवादी र जनता समाजवादी तीन वटा पार्टीलाई एक ठाउँमा जम्मा गर्ने, समाजवादी मोर्चा निर्माण गर्ने र त्यसमा अरु पनि पार्टीहरुलाई समेट्ने ढंगले हामीले सोचिरहेका छौं,’– अध्यक्ष नेपालले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्