Logo

स्वास्थ्यमा समस्या देखिएपछि एमाले सचेतक बर्तौला अस्पताल भर्ना



काठमाडौं,३१ वैशाख । स्वास्थ्यमा समस्या देखिएपछि नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् ।

उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई २८ गते रातिबाट एक्कासि ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते साँझ हेटौँडा अस्पतालमा पुर्‍याइएको थियो ।

बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको अस्पताल प्रशासनले जनाएको छ ।

बर्तौला गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका भेट्रान नेता विरोध खतिवडालाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्