Logo

शीर्ष नेताको छलफलपछि सचेतकसहित सामूहिक बैठक सुरू



काठमाडौं,३१ वैशाख । प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीचको छलफलपछि पुनः तिनै दलका थप नेता तथा सचेतकसहितको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि तीन दलका थप नेतासहित पुनः सामूहिक संवाद थालिएको हो।

छलफलमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे थपिएका हुन्

छलफल संसद्‌को प्रभावकारिता, आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्