Logo

बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेपछि पक्राउ परेका माझी रिहा



काठमाडौं,३१ वैशाख । शनिवार बिहान बिजुलीको हाइटेन्सन लाइन प्रसारण भएको पोलमा ११ घण्टा बिताएका मोरङ बुढीगंगाका दिनेशकुमार माझी रिहा भएका छन्।

राष्ट्रिय प्रसारण लाइनको बिजुलीको पोलमा चढेका माझीलाई कारवाहीका लागि कानुन नहुँदा आइतबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै शनिवार विहान ५ बजे घर नजिकै रहेको हाइटेन्सन लाइनको पोलमा चढेका थिए।

दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेनन्। माझीले आफनो माग सुनुवाइ गर्न माग राख्दै १ लाख ३२ हजार भोल्ट विद्युत दौडिरहेको पोलमा ११ घण्टा बसेर बिताएका थिए। पोलमा ११ घण्टा बिताएका माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए।

बुढीगंगाका अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका थिए। ओर्लनेबित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।



प्रतिक्रिया दिनुहोस्