Logo

रास्वपाले पठायो संसदीय सुनुवाइ समितिका लागि परियारको नाम



काठमाडौं,३१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट प्रमुख सचेतक सन्तोष परियारको नाम पठाएको छ ।

रास्वपासहित एमाले, राप्रपा र जसपाले नाम पेस गरेपनि कांग्रेस र माओवादीबाट नाम आइनसकेकाले शुक्रबारको बैठकमा सदस्यहरूको नाम मनोनयन हुन नसकेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद संख्याको आधारमा सदस्यको भागबन्डा गरीएको हो । जसमा नेपाली कांग्रेस र नेकपा एमालेले समान ५\५ जना सदस्य पाउँदा नेकपा माओवादी केन्द्रले २ तथा रास्वपा,राप्रपा र जसपाले एक-एक सदस्य पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्