Logo

शरणार्थी प्रकरणका दोषीलाई देशद्रोहको मुद्दा चलाउनुपर्छ : एमाले नेता रिजाल



काठमाडौं,१ जेठ । नेकपा एमालेका युवा नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शरणार्थी प्रकरणका दोषीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् ।

कानूनको धज्जी उडाउँदै आफ्ना देशका नागरिकहरूलाई ठगेर देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो । खासमा देशद्रोह हो । उप प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव– जोसुकै होऊन, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्