Logo

सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरु चीन जाँदै



काठमाडौं,१ जेठ । नेकपा माओवादी केन्द्रका नेताहरु छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् ।

अनुभव आदान प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो ।

आगामी शुक्रबार सापकोटाको नेतृत्वमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरु सहित २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्