Logo

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?



काठमाडौं,१जेठ । आजको प्रतिनिधिसभाको वैठकमा पनि सांसदहरुले जनताको प्रत्यक्ष जनजीविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

वैठकमा बोल्दै सांसद बिजुला रायमाझीले देशमा बढ्दै गएको भ्रष्टचारले विकराल रुप लिएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले नेपाली जनताको वास्तविक स्थिती बुझ्न सार्वजनिक बस,सरकारी अस्पताल,र पासर्पोट वितरण गर्ने स्थान अनुगमण गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले नेपाल आमा रोइरहेको भन्दै अक्षम्य भ्रष्टचार गर्नेहरुलाई कडा कारवाही गर्न माग गरिन् ।

त्यस्तै एमाले सांसद् विद्या भट्टराईले देशैभरी गाई भैंसीमा तिब्ररुपमा फैलिरहेको लम्पी स्कीन रोग बारे सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले उक्त रोगबाट धैरै किसानहरु प्रभावित भएको भन्दै प्रभावित किसानलाई आवश्यक क्षतिपूर्ती र विरामी पशुको तत्काल निःशूल्क उपचारको व्यवस्था गर्न माग गरेकी छन् ।

सांसद् विनिता कुमारी सिंहले देशमा बेरोजगारी अन्त्य गर्न ७५३ वटै स्थानीय तहमा ग्रामिण औंद्योगीक केन्द्र स्थापना गर्न माग गरिन् ।
कांग्रेस सांसद् वीर बहादुर बलायरले देशमा रहेका सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशको राजधानी बन्दा सुदुरपश्चिम प्रदेशको राजधानी किन नबनेको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

अहिलेसम्म केन्द्रीय सरकारले भोकअधिकार नदिएको विषयमा नेपाल सरकारको जवाफ माग गर्दै बलायरले कार्तिकमा डोटीमा भूकम्प जाँदा भएको क्षतिको क्षतिपूर्ती नपाएको बताए । काठमाडौंमा आउने भूकम्प र सुदुरपश्चिममा आउने भूकम्प फरक हो भन्दै आक्रोश व्यक्त गरे ।

त्यस्तै सांसद विराजभक्त श्रेष्ठले वर्षात सुरू भएसँगै सरुवारोगको महामारी फैलने सम्भावना रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मौसमजन्य घटनाको पूर्व तयारी गर्न सरकारलाई आवश्यक गृहकार्य गर्न माग गरेका छन् ।

सांसद शान्ति बिकले नेपालमा बढ्दै गएको आत्महत्याको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले चितवनका व्यवसायी शंकर कडेँलको आत्महत्या प्रकरणको बारेमा सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाहीको गर्न माग गरीन् ।
सांसद् शान्ति श्रेष्ठले भूमिहीन सुकुम्बासीको समस्या तत्काल समधान गर्न माग गरिन् ।

सांसद् शिव नेपालीले भ्रष्टचारको विषयमा सदनमा १७१ पटक कुरा उठ्दासमेत आजसम्म सुनुवाइ नभएको भन्दै सभामुख मार्फत सरकारको जवाफ माग गरे ।

सांसद् शिशिर खनालले काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैजुमा राष्ट्रिय न्यायिक प्रतिष्ठान बन्ने क्रममा वषौंदेखि जग्गा रोकिएको स्मरण गराउँदै उक्त जग्गा हालसाविक गर्न माग गरेका छन् ।

सांसद् सुनिककुमार शर्माले २०६८ असार १ गते नेपाल सरकारले निर्णय गरेको इनरुवा देखि काकड्भिट्टासम्म निर्माण गर्ने भनिएको रेल मार्ग हालसम्मपनि निर्माणकार्य अगाडी बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद् शोभा ज्ञावलीले बर्दियाका सांसद संजय गौतम आमरण अनसनमा बसेको बारेमा सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरेकी छन् ।

सांसद् सन्तोष चालिसेले सांसद्हरुले सदनमा उठाएको कुराको जवाफ सरकारबाट नआएकोमा असन्तुष्टि व्यक्त गरे ।
सांसद् सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले गरेको छानविनको बारेमा गृहमन्त्रीको जवाफ माग गरे ।

सांसद्हरु सरस्वती वजिमय,सरस्वती सुब्बा,र सरिता भुषालले जनताको प्रत्यक्ष जनजीविकासँग जोडिएको विषयहरुमा सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद् सुनिता बरालले सदाचार लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका नेताहरु प्रति जनताको वितृष्णा बढ्दै गएको भन्दै राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताइन् ।

सांसद् सुमना श्रेष्ठले हरेक सामाजिक परिवर्तनको सुरुवात सत्तामा रहेका शासकहरुले परिवर्तनको मसाल बोक्नेहरुलाई दवाएर सुरु हुने उल्लेख गर्दै त्यसपछि व्यक्तिगत आक्रमण धम्की र गालिगलौजको श्रृंखला सुरु हुने बताउँदै संसदमा टिर्सट पाइन्ट लाएर आउँदैमा कोहीपनि गलत नहुने बताइन् ।

सांसद् सुशिला श्रेष्ठले उदयपुर सिमेन्ट कारखानाको सुधार गर्न माग गरिन् ।
उनले सरकारी स्वामीत्वमा रहेका उद्योगको सुदृढिकरण गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

सांसद् स्वर्णिम वाग्लेले शरणार्थी प्रकरणमा संदीग्ध सबैलाई छानविनको दायरामा ल्याउन माग गरे । उनले तनहुँ १ मा अलपत्र अवस्थामा रहेका दर्जनौ सडकको तत्काल काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद् सूर्यप्रसाद ढकालले देशमा हरेक क्षेत्रमा भ्रष्टचार बढ्दै गएको भन्दै २०४८ साल पछिका सबै नेता तथा कर्मचारीको सम्पति छानविन गर्न माग गरे ।

सांसद् सोविता गौतमले काठमाडौं क्षेत्र नं २ अन्तर्गत पर्ने पेप्सीकोला-ब्रह्मखेल सडक,काठमाडौं महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकालाई छुट्याउने खहरेखोला व्यवस्थापन,साँखु-थली सडकखण्डको बाँकी कार्य सम्पन्न गर्न सभामुख मार्फत भौतिक पूर्वाधार तथा यातयात र सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।

सांसद् हरी ढकालले चितवनका पूवी क्षेत्रमा बाढीको जोखिम उच्च रहेका भन्दै वर्षायाम सुरू हुन लाग्दासमेत पूर्व तयारी नगरिएको भन्दै सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सांसद् हितराज पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्ने काममा सरकारले दृढताको साथ काम गर्न आग्रह गरे ।

सांसद् हेमराज राईले स्थानीय तहलाई स्रोत सम्पन्न र अधिकार सम्पन्न बनाउन माग गरे ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौं विश्वकै प्रदुषित सहर बनेको खबरले स्तव्ध बनाएको उल्लेख गर्दै सरकारलाई यो जटिल समस्याको समधान गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्