Logo

रायमाझीको बयान सकियो,खांणको बयान आजपनि



काठमाडौं,२ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरीका पठाउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ ।

पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई गत वैशाख ३१ गते प्रहरीले काठमाडौबाट पक्राउ गरेको थियो ।
सोमबार अदालतबाट तीन दिन हिरासतमा राख्ने म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । प्रहरी र सरकारी वकिलले रायमाझीसँग साढे ५ घन्टा लामो बयान लिएको हो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि सोमबार नै बयान सुरू भएको थियो। तर अस्वस्थ भएकाले उनको बयान सकिएको थिएन। उनको जम्मा डेढ घण्टामात्रै बयान भयो।

खाणको मंगलबार पनि बयान लिने प्रहरी र सरकारी वकिलको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्