Logo

प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक



काठमाडौं,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलीय गठवन्धनको बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो साढे २ बजे सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् ।

आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने छन् ।



प्रतिक्रिया दिनुहोस्