Logo

रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ सुरू,आउला त आजै फैसला ?



काठमाडौं,२ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि सुनुवाइ सुरू भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा हिजो हेर्दाहेर्दैमा परेको थियो ।

चौधरीको मुद्दामा उनी पक्षका कानुन व्यवसायी र सकारी वकिललेसमेत वसह सकिसकेका छन् । उनीमाथि २०७२ भाद्र ७ मा भएको टीकपुर घटनामा संलग्न रहेको आरोप छ ।

उक्त घटनामा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि उच्च अदालत दिपायलमा पुनरावेदन गएका चौधरीको मुद्दामा उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी सर्वोच्च गएका थिए ।

उनीविरुद्ध २०७२ साल भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्