Logo

कांग्रेसलाई बालकृष्ण खाँणको जवाफः म आफूलाई निर्दोष सावित गर्छु



काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफूलाई निर्दोष सावित गर्ने बताएका छन् ।

पार्टी प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महतले खाँणले पार्टीमा आफू निर्दोष रहेको सावित गर्ने जवाफ दिएको बताएका हुन् । उनले आफूलाई निर्दोष सावित गर्छु भनेकाले पार्टीले कुनै कारबाही नगरेको महतको भनाई छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोहीपनि नउम्किउन भनेर कांग्रेस सचेत रहेको उनको भनाई छ । यस विषयको अनुसन्धान कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष हुनुपर्ने उनको माग छ ।

‘यो गम्भीर विषय हो । नेपाली कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएको छ । निष्पक्ष छानविन हुनपर्छ । हामी पूर्ण सहयोगका लागि तयार छौं । दोषी नउम्किउन, निर्दोष नफसुन्,’– महतले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्