Logo

टीआरसी विधेयक टुंगोमा पुर्‍याउँदा पीडित र अदालतको फैसला भुल्न हुँदैन: नेम्वाङ



काठमाडौं,२ जेठ । नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्याय सम्बन्धिको विधेयक टुंगोमा पुर्‍याउँदा अन्तराष्ट्रिय निकायमा गरेका प्रतिवद्धता र पीडितको मर्म भूल्न नहुने बताएका छन् ।

आजबाट सुरू भएको संसद्को कानून न्याय तथा मानव अधिकार समितिको वैठकमा बोल्दै नेम्वाङले टीआरसी लगायतका बाँकी कार्य पुरा गर्न सत्ता र प्रतिपक्ष दुबै एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

उनले भने – ‘यो विधेयकलाई चाँडै राम्रो कानुन निर्माण गरेर जसमा हामीले संसद्मा आफ्नो कुरा राखिसकेका छौँ । अन्तर्राष्ट्रिय हाम्रा प्रतिबद्धताहरु छन् । सर्वोच्च अदालतका फैसलाहरू छन् । र कमसेकम पनि धेरै पीडितहरूको आफ्ना कुरा छन् । ती सबै कुराहरूलाई समेटेर हामीले छलफल गर्दै, संशोधन प्रक्रियामा भाग लिँदै संशोधन हालेर यहाँसम्म आइपुगेका छौँ । यी सबै कुराहरूलाई समेटेर, कानुन निर्माण गरेर, बाँकी प्रक्रिया पुरा गर्न हामी सबै एक ठाउँमा उभिएका छौँ । यो राम्रो कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्