Logo

रविले मागे सिईओः विदेशमा भएकालाई प्राथमिकता



काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेका छन् ।
आज (मंगलबार) रास्वपाले एक विज्ञप्तिमार्फत विदेशमा रहेर व्यवस्थापनमा दख्खल राख्ने र स्वदेश पर्कन चाहनेका लागि आवेदन दिन आग्रह गरेको हो ।

रास्वपाको ‘विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने’ प्रतिबद्धता भएको पनि विज्ञप्तिमा भनिएको छ ।

‘विदेशमा रहनुभएका व्यवस्थापनमा दख्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत  (CEO ) भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित नेपाल भित्राउन हामी इच्छुक छौं,’– विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्