Logo

कारोबारमा गिरावट आउँदा नेप्सेमा सामान्य सुधार



काठमाडौं,२ जेठ । लगातार रुपमा घटिरहेको सेयर बजारमा साताको तेस्रो दिन मंगलबार सामान्य सुधार आएको छ ।

आज (मंगलवार) सेयर बजार परिसूचांक नेप्सेमा ३.२९ अंकको सुधार आएको हो ।

नेप्से ३.२९ अंकले बढेर १८२१.६० बिन्दुमा रोकिएको छ ।
नेप्सेमा सामान्य सुधार आउँदा कारोबारमा भने उल्लेख्य मात्रामा गिरावट आएको छ ।

२० लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा आज ६४ करोड एक लाख १७ हजार बराबरको कारोबार भएको छ ।
१३६ कम्पनीको मूल्य बढेको दिन आज ६३ कम्पनीको मूल्य घट्दा १७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।



प्रतिक्रिया दिनुहोस्