Logo

नक्कली भुटानी शरणार्थी प्रकरणबारे कांग्रेस महामन्त्रीले मागे सरकारको जवाफ



काठमाडौं,२ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरण बारे सरकारको जवाफ माग गरेका छन् ।

आज बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा बोल्दै शर्माले शरणार्थी प्रकरणको छानविन कहाँ पुग्यो भन्ने जवाफ आम जनतालाई दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ । दोषीहरू कोही नछुटुन्, निर्दोष कोही नछुटुन् भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौँ, सबै सहमत नै छौँ, यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ । के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउनका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्