काठमाडौं, २ जेठ । अयोग्य लडाकुलाई तत्काल २/२ लाख नदिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सरकारको अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयकोविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणनले रिट हालेका थिए।
उक्त रिटको प्रारम्भिक सुनवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो।