Logo

नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्नुको औचित्य छैन : सरकार



काठमाडौं, २ जेठ । नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्नुको औचित्य नभएको नेपाल सरकारले जनाएको छ।

मंगलबार मन्त्रिपरिषद्‍को बैठकपछि सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्नुको औचित्य नभएको बताएकी छिन्।

‘अघिल्लो सदनले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्नमात्रै बाँकी थियो। त्यो विधेयकलाई अगाडि बढाउन कानूनी बाटो के हुन्छ भनेर राष्ट्रपतिले सुझाव लिएको हुनसक्छ। तर, यो विषयलाई भारत भ्रणसँग जोडिँदैन। यो नेपाली नागरिकसँग जोडिन्छ। यो विषयमा गृहमन्त्रीसँग र संसदमा उठाईराख्नुभएको छ। यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्नुको औचित्य छैन,’ उनले भनिन्।



प्रतिक्रिया दिनुहोस्