Logo

नाउपाका नेतालाई छलफलका लागि रेशमले बोलाए डिल्लीबजार कारागार



काठमाडौं,३ जेठ । सर्वोच्च अदालतले उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीकै फैसला सदर गरेपछि आगामी रणनीतिको बारेमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्लीबजार कारागार बोलाएका छन् ।

२०७२ भाद्र ७ मा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा दोषि ठहर गर्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएपछि हाल कारागारमा रहेका चौधरीले कारागारबाटै उच्च र जिल्ला अदालतको फैसला बदरको माग गरि पुनरावेदन गरेका थिए ।

चौधरीको मुद्दामा सुनुवाइ गर्दै हिजो सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुल इजलासले उच्च अदालतकै फैसला सदर गर्ने ठहर गरेपछि नाउपा अहिले आन्तरिक छलफलमा जुटेको हो ।

प्रतिनिधि सभामा ४ सांसद रहेको नाउपा सुदुरपश्चिम प्रदेश सरकारमा भने निर्णायक शक्तिको रुपमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्