Logo

अहिले कांग्रेस सहर केन्द्रित भयो, पहिला गाउँ केन्द्रित थियो : पूर्वराष्ट्रपति यादव



काठमाडौं, ३ जेठ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको कांग्रेस सहर केन्द्रित भएको र पहिलाको कांग्रेस गाउँ केन्द्रित रहेको टिप्पणी गरेका छन्।

बुधबार प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको कांग्रेस सहर केन्द्रित भएको र पहिलाको कांग्रेस गाउँ केन्द्रित रहेको टिप्पणी गरेका हुन्।

‘काँग्रेस सहर केन्द्रित मात्रै भयो। गिरिजाप्रसाद कोइरालाहरू गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो। पहिला केन्द्रीय समितिमा ३०,३५ जना थियौँ, अहिले बथान नै हुनुहुन्छ, कमसेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तीमा एउटामा दुई जना पुग्थे। अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छ। तपाईंहरू यहाँ बसिरहनु हुन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्