Logo

यस्ता छन् राप्रपा केन्द्रीय कमिटी बैठकका निर्णय



काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गत जेठ १ गतेदेखि ३ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ।

बैठकले सरकारी सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने, पार्टीका हरेक समिति र तहहरूमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्नेलगायतका निर्णयहरु गरेको प्रवक्ता सगुन लावतीले विज्ञप्तिमार्फत बताएका छन्।



प्रतिक्रिया दिनुहोस्