Logo

सभामुख घिमिरे र सांसद् भण्डारीबीच भेटवार्ता



काठमाडौं, ३ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सांसद् डा चन्द्र भण्डारीबीच भेटवार्ता भएको छ।

उनीहरुबीच बुधबार बत्तिसपुतलीस्थित् भण्डारी निवासमा भेटवार्ता भएको हो।

ग्यास लिक भइ आगोले जलेर भारतमा उपचार गराइ स्वदेश फर्किएका सांसद् भण्डारीलाई भेट्दै सभामुख घिमेरले सो घटनाबाट आफू दुखित भएको बताए।

यस्तै, सांसद भण्डारीले नीति तथा कार्यक्रममा आफूले केही कुराहरू राख्न चाहेको बताए। ‘नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ। घटनापछि मलाई केही कुराहरू सदनमार्फत जनतालाई सुनाउन मन छ। जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ,’ उनले भने।

सभामुख घिमिरेले भने चिकित्सकको सिफारिस भए केही विशेष व्यवस्था गरेर बोल्न दिन सकिने उल्लेख गरे।

file photo



प्रतिक्रिया दिनुहोस्