Logo

यी हुन् एमालेबाट संसद्मा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तीन सांसद



काठमाडौं,४ जेठ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने भनिएको  बैठक अहिले केहीबेरमा सुरू हुँदैछ ।
आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुनेछ ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट तीन सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्दैछन् ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार पार्टीबाट तीनजनाले प्रश्न सोध्नेछन् ।

जसमा प्रमुख सचेतक पदम गिरी, सांसदहरू रघुजी पन्त र विद्या भट्टराईले पार्टीका तर्फबाट प्रश्न सोध्नेछन् ।



प्रतिक्रिया दिनुहोस्