काठमाडौं,४ जेठ । उर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा विद्युतिय सवारीको प्रयोग बढाउने कुरा सरकारको मूख्य प्राथमिकतामा रहेका बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमको सम्बोधन गर्दै मन्त्री बस्नेतले उर्जामा सबैको सहभागिता सुनिश्चिचता गर्ने कुरा सदैव सरकारको प्राथमिकतामा रहेको बताए ।
“देशभर चार्जिङ स्टेसन वृद्धि गर्न आवश्यक छ । यसलाई बिस्तार गर्ने, विद्युतीय यातायात बिस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा छ,” उनले भने, “काठमाडौं उपत्यकालगायतका मुख्य सहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा चर्चामा छौँ, यसलाई सञ्चालनमा ल्याउने कुरामा सरकार प्राथमिकताका साथ सोचिरहेको छ ।” file photo