Logo

शरणार्थी प्रकरणमा पक्राउ परेका मियाँ र रिजालको बयान आज



काठमाडौं,५ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका दुई व्यक्तिको बयान आज हुने भएको छ ।

नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँ  र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान आज हुन लागेको हो ।

प्रहरीले गत बुधबार सिंहदरबारस्थित उर्जामन्त्रालयबाट मिँयालाई पक्राउ गरेको थियो भने रिजाल हिजो पक्राउ परेका थिए ।

मिँयामाथि शरणार्थी प्रकरणका आरोपितलाई सरकारी गाडी उपलब्ध गराएको आरोप छ भने रिजालमाथि नक्कली शरणार्थी बनाउने कार्यमा मतियार बनेको आरोप छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्