Logo

प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता



काठमाडौं,५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवाता भएको छ । यादव र प्रधानमन्त्री प्रचण्डबीच आज भेटवार्ता भएको हो । सरकार गठनको ६ महिना हुनैलाग्दा पनि प्रचण्ड नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

जसपाको भागमा परेको वन मन्त्रालय ६ महिनादेखि मन्त्रीविहन रहेको छ । आजको भेटका क्रममा यादव र प्रचण्डबीच मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा जसपाको भागमा परेको वन मन्त्रालयको नेतृत्व छिट्टै टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको छ ।

जसपामा मन्त्री बन्न आकांक्षा राख्ने सांसदको संख्या धेरै हुँदा मन्त्री टुंग्याउन पार्टी अध्यक्ष यादवलाई निक्कै कष्ट परिरहेको छ । गठवन्धन सरकारमा जसपाले शिक्षा र वन गरी दुई मन्त्रालय पाएको छ । जसमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई छन् भने वन मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेको छ ।

स्रोतका अनुसार जसपाबाट राजकिशोर यादव र नवलकिशोर शाह सुडीमध्ये एक मन्त्री बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्