Logo

सुशासन कायम गर्न नेतृत्वबाटै पहल हुनुपर्छ : मन्त्री पाण्डे



नवलपरासी, ५ जेठ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले सुशासन कायम गर्नका लागि लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन्।

नवलपरासी(बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागि साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुशासन कायम गर्नको लागि अरुलाई दोष दिनु भन्दा पनि नेतृत्व तहबाट नै पहल गर्नुपर्ने आवश्यक रहेको बताए। उनले भने, ‘सुशासन आफैबाट सुरुबाट गनुपर्ने हुन्छ त्यसमा नेतृत्व, कर्मचारी तथा सेवाग्राही सबै जिम्मेवार बन्नुपर्छ अनि मात्रै लागू हुन्छ अन्यथा भाषणमा मात्रै सिमित हुन्छ।’

उनले संघीयताको प्रत्याभूति नागरिकको महसुश गर्न लागि कार्यान्वयन प्रदेश सरकार लागि रहेको जिकिर गर्दे त्यसमा लागि संघसँग विकेन्द्रीकरणको लागि संर्घष गरिरहेको बताए। उनले संघीयता कार्यान्वयन लागि सबैको सहयोग महत्वपूर्ण रहेको बताए।

उनले प्रदेश सरकार विस्तारको लागि मन्त्रालय बाँडफाडमा सत्तारुढ दलहरु लागि रहेको बताउँदै छिट्टै सरकारले पूर्णता पाउने उल्लेख गरे।

लुम्बिनी प्रदेश सरकारले विशेष गरी पर्यटन क्षेत्रको विकास गर्नका लागि जनाउँदै बुद्ध जन्मस्थल लुम्विनी क्षेत्रको प्रवद्धन गर्नुपर्ने बताए। त्यसका लागि तीनै तहका सरकार सक्रिय भूमिका निर्वाह गर्दै अगाडि जानु पर्ने उल्लेख गरे। प्रदेश सरकारले घरेलु उद्योग निर्माणमा, खेतीयोग्य भूमिमा चाहिने जति मल भण्डारण गर्ने जस्ता कार्यहरु अगाडि बढाईरहेको बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भौमति यादव सुशासन कायम गर्नको लागि जिल्ला सम्वन्यन समितिलाई पूर्णता दिँदै अधिकार सम्पन्न गर्नुपर्ने बताए। उनले स्थानीय तहको विकासको लागि सयममै नदिजन्य पदार्थको ठेक्का लगाउन पर्नेमा जोड दिँदै ढिला सुस्तीका कारण नदीजन्य पदार्थ चोरी बढेको बताए। त्यसलाई रोक्न सबैले ध्यान दिनु पर्नेमा उनको जोड रहेको छ।

नवलपरासी(बर्दघाट पश्चिम सुस्ता) का जिल्ला प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुशासन कायम राख्नको लागि पारदर्शिता, जवाफदेहिता र विधिको शासन पालना गर्नुपर्नेमा जोड दिए। उनले विकासे आयोजनाहरु समयमा पूरा नहुनुमा आयोजना छनोटमा नै कमजोरी रहेको बताए।

पूर्वराष्ट्रियसभा सदस्य रामलखन हरिजन शिक्षा क्षेत्रमा बेतिथि रहेकाले सुधार गर्नुपर्नेमा जोड दिए।

सेवाग्राही प्रविधिमैत्री हुन नसक्दा काममा ढिला सुस्ती भएको बताउँदै सुधारको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने उनको भनाइरहेको छ।

त्यस्तै, बर्दघाट नगरपालिकाका प्रमुख सोमलाल श्रेष्ठले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन आफूहरु लागीरहेको बताउँदै जनगुनासोलाइ ख्यालमा राखेर काम गरिरहेको बताए। सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले जनताको न्याय र सुशासनको पक्षमा रहेको बताउँदै आफूहरुले जनताको मर्म अनुसार पालिकामा काम गरिरहेको उल्लेख गरे।

रामग्राम नगरपालिकाका प्रमुख धनपति यादवले जनतालाई सेवा दिने कुरामा ढिलासुस्ती नगरेको जिकिर गर्दै पत्रकारले सत्यतथ्य नबुझी समचार सम्प्रेषण गर्दा जनतामा भ्रम सिर्जना भएको बताए।

कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख परमुराम धिताल, पालिका स्वास्थ्य प्रमुख प्रकाश पराजुली, सुनौलो सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापा, महाकवि देवकोट क्याम्पस प्रमुख नारायणप्रसाद ढकाल, स्थानीयवासी सन्जय कुमार चौहानलगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी, गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, क्रियाशिल पत्रकार, सुरक्षाकर्मीले भनाई राखेका थिए।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो।



प्रतिक्रिया दिनुहोस्