Logo

मधेस प्रदेश सरकारबारे बालुवाटारमा भयो यस्तो सहमति



काठमाडौं,५ जेठ । मधेस प्रदेश सरकारको नेतृत्वबारे सत्ता साझेदार दलहरुबीच सहमति जुटेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठवन्धनको शीर्ष नेताहरुको बैठकले सरकारको नेतृत्व आलोपालो गर्ने सहमतति गरेका हुन् ।

शीर्ष नेतृत्वको सहमति बमोजिम अहिले प्रदेस सरकारको नेतृत्व गरिरहेको जसपाले नै केही समय प्रदेस सरकारको नेतृत्व गर्नेछ ।र त्यसपछि नेपाली कांग्रेस र अन्य दलले सरकारको नेतृत्व गर्नेछन् ।

आजको छलफलमा मधेस प्रदेश सरकारका नेताहरुसमेत सहभागी रहेका थिए ।
गठवन्धनमा भएको सहमति अनुसार अब नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुनेछन् । file photo



प्रतिक्रिया दिनुहोस्