Logo

खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नर्गन उच्च अदालतको आदेश



काठमाडौं,५ जेठ । उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेस सरकारको निर्णय तत्काल कायम नर्गन अन्तरिम आदेश जारी गरेको हो ।

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो पटक उनीसँग स्पष्टीकरण मागेको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनि बर्खास्तीमा परेका थिए ।

प्रदेश सरकारको निर्णयविरुद्ध वाग्ले उच्च अदालत विराटनगर पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्