काठमाडौं,५ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको पुनसंरचना गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा उक्त कुरा बताएका हुन् ।
अहिले प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको आयोगमा एक उपाध्यक्ष र आवश्यक्ता अनुसार सदस्य सरकारले नियुक्त गर्ने व्यवस्था रहेको छ ।